स्कुल बस र कार आपसमा ठोक्किँदा ६ जनाको ज्यान गयो

0
Shares

दिल्ली । उत्तर प्रदेशको गाजियावाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ ।

स्कुल बस र कार एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

जानकारीका अनुसार मंगलबार बिहान विजय नगर थाना क्षेत्रको दिल्ली(मेरठ एक्सप्रेसवेमा रहेको ताज राजमार्गको फ्लाईओभरमा एउटा स्कूल बस र एउटा कार ठोक्किएको थियो ।