लमजुङमा गुरुङ जातिको बाहुल्यता

0
Shares

लमजुङ । राष्ट्रिय जनगणनको सार्वजनिक नतिजाअनुसार जातिको आधारमा लमजुङमा सबैभन्दा धेरै गुरुङहरू रहेका छन् भने सबैभन्दा कम मगरहरू छन् ।

नतिजाअनुसार गुरुङहरुको जनसँख्या ४५ हजार पाँचसय ९७ जना रहेको छ भने तीनहजार आठसय ४० मगर रहेका छन् ।

सो बाहेक क्षेत्री २४ हजार एकसय ९३, ब्राह्मन १८ हजार दुईसय १०, विश्वकर्मा १४ हजार, तामाङ १२ हजार एकसय ९४, मिझार आठहजार सातसय ३२, परियार ६ हजार दुईसय ७२, नेवार पाँचहजार आठसय ४६ रहेका छन् । तथ्याङ्क कार्यालय गोरखाले एक कार्यक्रमकाबीच जिल्लास्तरीय नतिजा सार्वजनिक गरेको हो ।

२०७८ सालमा सम्पन्न भएको जनगणनाको नतिजा राष्ट्रिय रूपमा भने ०७९ चैत १० गते सार्वजनिक गरिएपनि जिल्लामा भने आईतबार मात्रै सार्वजनिक गरिएको हो । कार्यक्रममा कार्यालयका तथ्याङ्क अधिकृत जितेन्द्र रानाभाटले गणनाको विधि, गणनाको प्रक्रिया, जनसंख्या र वृद्धिदरको अवस्थालगायतका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक तथ्यांक अनुसार लमजुङको जनसंख्या घटेको छ । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानिय तह रहेको जिल्लाको जनसंख्या ११ हजार आठसय ७२ जनाले घटेको तथ्याँक कार्यालयले जनाएको छ । २०६८ को जनगणनाअनुसार जिल्लाको जनसंख्या १ लाख ६७ हजार सातसय २४ जना रहेको थियो हाल जिल्लाको जनसँख्या एक लाख ५५ हजार आठसय ५२ कायम भएको छ ।

जसमा महिला ८१ हजार सातसय ७५ जना रहेका छन् भने पुरुषको सँख्या ७४ हजार ७७ जना रहेको छ । जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक छ । जनसंख्या वृद्धिदर माइनस शुन्य दशमलव ७० प्रतिशत रहेको छ ।

त्यसैगरी जिल्लामा धर्म अनुसार सवैभन्दा धेरै हिन्दु रहेका छन् । जिल्लामा हिन्दुहरुको सँख्या ९७ हजार तीनसय १८ रहेको छ । सो बाहेक ४६ हजार ४५ बौद्ध, सातहजार दुईसय ५५ बोन, तीनहजार आठसय ६४ ख्रिष्टियन, एकहजार एकसय ९४ मुष्लिम रहेका छन् । जिल्लाको विवरण अनुरसार लमजुङमा बहाई र शिख धर्ममा आस्था गर्नेहरुको सँख्या एकएक जना रहेको छ ।

स्थानीय तह अनुसार जिल्लामा सवैभन्दा बढि जनसँख्या बेसीशहर नगरपालिकामा रहेका छन् । बेसीशहर नगरपालिकाको मात्रै जनसँख्या ३८ हजार दुईसय ३२ रहेको छ । सो बाहेक सुन्दरवजारको जनसँख्या २७ हजार ४३, मध्यनेपालको जनसँख्या २१ हजार नौसय ७१ र राईनासको जनसँख्या १७ हजार चारसय दुई रहेको छ ।

त्यस्तै गाउँपालिका तर्फ मस्र्याङदीमा १७ हजार ८०, दोर्दीमा १६ हजार ५०, दुधपोखरीमा आठहजार पाँचसय ९२ र क्होलासोँथारमा सातहजार नौसय ६० रहेको छ ।