काठमाडौं महानगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले प्रतिस्पर्धा बिना छात्रवृत्ति नपाउने



काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा वितरण गरिँने छात्रवृत्ति प्रतिस्पर्धा (परीक्षा)को माध्यमबाट वितरण गर्ने भएको छ ।

महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर स्वयंले सञ्चालन गर्ने भएको हो ।

मेयर बालेन्द्र साह (बालेन)का अनुसार सो परीक्षापछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पिछडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिनेछ ।

‘काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि काठमाडौं महानगरपालिका आफैंले सञ्चालन गर्नेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्