प्रतिपक्षी एमाले-राप्रपाको अवरोधपछि वागमती प्रदेश सभाको बैठक बस्दै



हेटौडा । वागमती प्रदेश सभाको बैठक आज (सोमाबार) बस्दैछ ।

प्रदेश सभा भवन, हेटौडामा उक्त सभो बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने वागमती सरकारले जनाएको छ ।

 

सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरेपछि ३ दिनका लागि स्थगित गरिएको थियो ।

हिजो पनि २ बजे बोलाइएको बैठक ढिलो गरी ४ बजे सुरू भएको थियो । तर, सो बैठकमा पनि प्रतिपक्षले विभिन्न माग राखेर नाराबाजी गरेपछि बैठक सोमबार बिहान ११ बजे बोलाइएको हो ।

हिजै एमालेले पत्रकार सम्मेलन गरी ११ बुँदे माग सार्वजनिक गर्दै सो विषय बजेटमा समावेश गर्नुपर्ने विषय उठान गरेको छ । आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार रहेपनि बैठक सुचारू हुनेमा अझै शंका कायमै छ ।

प्रतिक्रिया दिनुहोस्