राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

0
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दैछ ।

संघीय संसद् भवन, नयाँबानेश्वरमा उक्त सभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यसैगरी बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमाथि छुट्याईको बजेटमाथि छलफल हुनेछ ।

साथै, शिक्षा मन्त्री अशोककुमार राईले विद्यालय व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वबिद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो बिधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख रहेको छ ।