म अदालतको आदेश मान्नेवाला छैन : मेयर बालेन

0
Shares

काठमाडौँ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् ।

उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अदालतको यस्तो आदेशपछि शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत भारतीय फिल्मको प्रदर्शन हुन नदिने बरु जुनसुकै सजाय भोग्न तयार हुने बताएका छन् ।

उनले अदालत र नेपाल सरकार नै भारतको गुलाम भएको टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ,’ उनले भने, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’