प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे छलफल जारी

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

समाजवादी मोर्चाको घोषणा भएको केही दिनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटमा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताईएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार तत्कालीन माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे दुवै नेताबीच गम्भीर छलफल भएको छ । दुवै नेताले पार्टी एकताबारे कुराकानी गरेको जनाईएको छ ।