शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक स्थगित

0
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर बुधबार नै बस्नेगरी आधा घण्टाका लागि स्थगित गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि बैठक स्थगित गरेका हुन् ।

सिंहको मंगलबार सवारी दुर्घटनामा निधन भएको थियो ।