चीनबाट उडेको जहाज पोखरा अवतरण

0
Shares

पोखरा । आज (बुधबार) छिमेकी मुलुक चीनबाट उडान भरेको जहाज पोखरामा अवतरण भएको छ ।

छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

यो जहाज पोखरामा करिब दुई घण्टा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ ।

१ जनवरी २०२३ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो ।

पोखराको फेवातालमा यही महिनाको ८ र ९ मा आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर जहाज आएको हो ।