घाेराही सिमेन्टकाे आईपिओमा ५ अर्ब ७४ करोड रुपियाँ बराबरकाे आवेदन फर्जी

0
Shares

काठमाडौँ।

घोराही सिमेन्टमा आईपीओ परेको मध्ये हालसम्म साढे ५८ प्रतिशत अर्थात् ५ अर्ब ७४ करोड रुपियाँको आवेदन फर्जी भएकाे फेला परेको छ ।

नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार खातामा रकम नभए पनि १० लाख कित्ताभन्दा बढीकाे आवेदन फर्जी भेटिएकाे हाे । फर्जी आवेदन दिनेहरुमा सृजा पोखरेल, मिथिलेशकुमार मेहता, नविन खत्री, अनिल राणा, रन्जना ढकाल पौडेल, प्रेमप्रसाद आचार्य, उज्जवल आचार्य, सावित्रा पराजुली, लक्ष्मी घिमिरे, मुना खत्री, मनोज पाठकले र सुमित्रा बम रहेका छन् ।

उक्त सिमेन्टकाे आईपिओ बिक्री नभएपछि धेरैले शेयर भरेकाे देखाउनका लागि आवेदन दिएकाे तर, साे आवेदन बापतकाे रकम जम्मा नगरकाे पाईएकाे धिताेपत्रबाेर्डले जनाएकाे छ । बोर्डले आवेदन हाल्ने व्यक्तिमाथि अनुसन्धान सुरु गरिसकेको बताईएकाे छ ।