बौद्धमा हस्तकला पसलबाट साढे ३३ लाख बरामद



काठमाडौं।

प्रहरीले बौद्धको एक हस्तकला पसलबाट साढे ३३ लाख रुपैयाँ बरामद गरेको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार हुण्डीको कारोबार भइरहेको आशंकामा हिमालय हस्तकला पसलमा छापा मार्दा ३३ लाख बरामद गरेको हो ।

प्रहरीले पसलमा काम गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्