चितवन।
चितवनको रत्ननगर नगरपालिकाबाट ३३ तोला ५० लाल सुन र २ लाख ५० हजार रुपैंयाँ नगद चोरी भएको छ ।
आज दिउँसो १२:४५ बजेको समयमा रत्ननगर नगरपालिका १२ का ५३ वर्षिय गोपाल ओझाको घरबाट सुन र नगद चोरी भएको हो । घटनापश्चात टोली खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चितवनमा पछिल्लो समय चोरीका घटना बढेका छन् ।











प्रतिक्रिया