कोशी प्रदेश स्तरीय मुख्यमन्त्री कप प्रतियोगितामा ओखलढुंगाको सुरुवाती जित

28
Shares

ओखलढुंगा ।

ओखलढुंगामा सञ्चालन भईरहेको कोशी प्रदेश स्तरीय फुटबल प्रतियोगितामा ओखलढुङ्गाले सुरुवाती जित निकालेको छ । उद्घाटन खेलमा ओखलढुङ्गाले सोलु जिल्लालाई ३ का विरुद्ध १ गोल अन्तरले जित निकालेको हो ।

 जर्सी नम्बर ११ का खेलाडी सन्जय गुरुङले खेल सुरु भएको  ३६ मिनेटमा गोल गर्दै ओखलढुंगालाई अग्रता दिलाएका थिए । यसैगरी ओखलढुंगाकै जर्सी नम्बर ९ का खेलाडी प्रवीण मगरले ३८ औ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई दोब्बर अग्रता दिलाएका थिए ।

प्रतियोगिताको ४९ औ मिनेटमा सोलु खुम्बुका जर्सी नम्बर ६ का खेलाडी थिर राज राईले आफ्नो जिल्लाका लागी गोल गर्दै गोल अन्तर घटाएका थिए । खेल भरि ओखलढुङ्गाले सोलुलाई आफ्नो दबाबमा राखेको थियो । निक्कै उत्कृष्ट लयमा रहेको ओखलढुंगाका लागी ५६ औ मिनेटमा जर्सी नम्बर ११ का खेलाडी सन्जय गुरुङले जिल्लाका लागी तेस्रो र खेलमा आफ्नो ब्यात्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चितता गरे ।

यसै गरी आजै सम्पन्न भएको दोस्रो खेलमा उदयपुरले मोरङलाई १ सुन्यको अन्तरले जितेको छ । उदयपुरको जर्सी नम्बर १३ का खेलाडी सुनिल खडकाले खेल सकिनै लाग्दा ८८ औ मिनेटमा फ्री किक मार्फत गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए ।