काठमाडौँ ।
शिक्षालय मासिकले नेपाल समाचारपत्रका सहसम्पादक ईश्वरराज ढकाललाई दोस्रो प्रेसिडेन्ट इन्टरनेशनल एजुकेसन अवार्ड प्रदान गरेको छ । शिक्षा पत्रकारिता क्षेत्रमा लामो समयदेखि कलम चलाउदै आउनुभएका ढकाललाई १० हजार रुपियाँ र सम्मानपत्र प्रदान गरिएको थियो । सो पुरस्कार रेडियो नेपालकी यशोदा अधिकारीलाई समेत प्रदान गरिएको थियो ।
नेपाल र भारतका पूर्व राष्ट्रपति डा. रामवरण यादव र अब्दुल जे कलामको नाममा स्थापना गरिएको उक्त अवार्ड शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले प्रदान गर्नुभएको थियो । कार्यक्रममा संस्थागत र सामुदायिक तर्फका उत्कृष्ट विद्यालय, प्राचार्य, शिक्षक, विद्यार्थी लाई प्रदान गरिएको थियो ।
कार्यक्रममा राज्यमन्त्री कुमारीले शिक्षा क्षेत्र सुधारमा पत्रकारले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले सरकारले गुणस्तरीय शिक्षाका लागि विभिन्न योजना तयारी भइरहेको बताउनुभयो ।
शिक्षालय मासिकका प्रधनसम्पादक श्याम तण्डुकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका राज्यमन्त्री रामकृष्ण चित्रकार, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, शिक्षासेवी विके श्रेष्ठ , प्याब्सनका उपाध्यक्ष दीपिका थापा लगायतले बोल्नुभएको थियो ।











प्रतिक्रिया