प्रभु बैंकलाई ५० लाख डलर ऋण सुविधा

0
Shares

काठमाडौं । प्रभु बैंकले ५० लाख डलर बराबरको ऋण सुविधा लक्जेम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट प्राप्त गरेको छ ।

विश्व वाताबरण दिवसका दिन हरित लगानीअन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ वर्ष अवधिका लागि उक्त रकम बैंकले प्राप्त गरेको हो ।

जलबायु परिवर्तनले आक्रन्त विश्व र यसको प्रभावबाट मुक्ति पाउन प्रयासरत छ । बैंकलाई प्राप्त उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरीद तथा आयातका लागि सहज रूपमा उपलब्ध गराईनेछ ।

साथै बैंकले वैकल्पिक उर्जा तथा एमएसएमई व्यवसाय प्रवद्र्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि सहकार्यका लागि पहल गरिरहेको र निकट भविस्यमै उक्त पहलले सार्थकता पाउने पनि विश्वास लिएको छ ।