जसपाले बजेटमाथि अन्तरक्रिया गर्दै

0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०⁄८१ को बजेटमाथि अन्तरक्रिया गर्ने भएको छ ।

टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो ४ बजेदेखि अन्तरक्रिया कार्यक्रम गर्ने जसाले जनाएको छ ।

नेपाल बौद्धिक पेशाकर्मी महासङ्घको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेताहरु र आर्थिक विषयका जानकारहरुको सहभागिता रहने छ ।