प्रतिपक्षीद्वारा संसद् बैठक अवरुद्ध, एक घण्टापछि शुरू हुने

0
Shares

काठमाडौं । प्रतिपक्षी एमाले, रास्वपा र राप्रपाल गायतका प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेका छन् ।

उनीरूले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै संसद् बैठक अवरुद्ध गरेका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले दुईपटक पारित गरेर पठाएको उक्त विधेयक रोकेकी थिइन् ।

मन्त्रिपपिरषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रहसहितको पत्र राष्ट्रपतिलाई जेठ १२ मा लेखेको थियो । जेठ १७ गते राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

त्यस्तै उनीहरूले जन्मकैद सजाय भोगीरहेका पूर्वसांसद तथा टीकापुर घटनाका आरोपित रेशम चौधरीको आममाफीविरुद्ध नाराबाजी गर्दै संसद् बैठक अवरुद्ध गरेका छन् ।

संसद् बैठक तोकिएको समयभन्दा एक घण्टा पछि बसेको थियो । बैठक शुरू भएको २० मिनेटमै प्रतिपक्षी एमाले, रास्वपा र राप्रपा लागयतका दलले नाराबाजी गरेपछि संसद् अवरुद्ध भएको थियो ।

अवरुद्ध बैठक सभामुखले एक घण्टाका लागि स्थगित गरेका छन् ।