१५ लाख भन्दा बढीको जुत्ता र गाडी प्रहरीको नियन्त्रणमा 



       धनुषा। 

 जिल्लाको जनकपुरधाम उपमहानगरपालिका २० स्थित देवपुर रपैठा इलाकाबाट बिहीबार  सशस्त्र प्रहरीले १५ लाख ५४ हजार रुपैयाँ बराबरको चोरपैठारीको जुत्तासहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

        ज १ च १०७७ नम्बरको गाडीमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको जुत्तासहितको गाडी नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

        गाडी लिएर आउँदै गरेका व्यक्तिले गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै गाडी सोही ठाउँमा छाडी भागेका थिए ।

 नियन्त्रणमा लिइएको जुत्ता तथा गाडी भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्