एमाले सचिवालय बैठक शुक्रबार, आफूमाथि लगाईएको आरोप खण्डन गर्ने

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पार्टी सचिवालय बैठक भोलि (शुक्रबार)बाट शुरू हुने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले यहीँ जेठ १९ गतेका लागि बैठक बोलाएका हुन् । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने एमालेले बताएको छ ।

बैठकमा पछिल्लो समय संसद् र भुटानी शरणार्थी प्रकरणबारे लगाईएको अरोपको खण्डनको विषय प्रवेश हुनेसमेत बताइएको छ ।