खड्का कार्यवाहक प्रधानमन्त्री

0
Shares

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले पाउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिनका लागि भारत भ्रमणमा प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई दिएको हो ।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।