राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

आज (बुधबार) बिहान पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

सरकारले गत १२ मा राष्ट्रपति पौडेललाई नागरिकता विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेको थियो ।

संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् ।