प्रधानमन्त्री र चिनियाँ उच्च अधिकारीबीच भेटवार्ता

0
Shares

काठमाडौं । भारत भ्रमणमा निस्कनु केही घण्टाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन् । उनीहरू हिजो राति मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौं आइपुगेका हुन् ।

भारत भ्रमणमा निस्कनु केही घण्टाअघि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँगको छलफललाई अर्थपूर्ण रूपमा लिईएको छ । तर, भेटघाटमा के भयो ? त्यो भने अझै बाहिर आएको छैन ।

गत चैत १४–१७ सम्म चीनको राजधानी बेइजिङमा भएको ‘बोआओ फोरम फर एसिया’को निम्तो अस्विकार गर्र्दै अनुपस्थित भएका प्रधानमन्त्री प्रचण्ड आज दिउँसो २ बजे भारत जाँदैछन् ।