ट्याक्टरले साईकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु



धनगढी  । 

धनगढीमा सवारी दुर्घटना भएको छ । आज (मंगलवार) धनगढी उपमहानगरपालिका १६ पथरीमा कैलाली गाँउका ३५ वर्षीय रामगुलाव रानाले चलाएको से१त ५६९८ नम्बरको ट्याक्टरले साईकलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाईते भएका धनगढी–१ पशुपती टोलका ३६ वर्षीय अमृत सेवाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ट्याक्टर, ट्याक्टर चालक र साईकल प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्