प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

0
Shares

काठमाडौं ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समितिले १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो ।

सोमबार समिति सदस्यको नाम प्रतिनिधिसभाले स्वीकृत गरेको मंगलबार बैठक बसेर कार्कीको संसदीय सुुनुवाइ प्रक्रियाअघि बढाएको हो । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस भएपछि संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको हो । जुअनुसार कार्कीविरुद्ध उजुरी आह्वान गरिएको हो ।

मंगलबार बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य  पशुपतिशम्शेर जबराले प्रधानन्यायाधीशका लागि सिफारिस भएका कार्कीको नाम संसदीय सुनुवाइको लागि समितिसमक्ष वैशाख २७ गते पत्र प्राप्त भएको जानकारी दिए । सोहीक्रममा बैठकमा उनले कार्कीको व्यक्तिगत विवरणको प्रतिलिपि समिति सदस्यहरुलाई वितरण गर्न सचिवालयलाई निर्देशन पनि दिए ।