राजेन्द्र लिङ्देनले भने- बजेटमा आशा गर्ने ठाउँ छैन

0
Shares

काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको नआएको प्रतिक्रिया दिएका छन् ।

सोमबार बजेट सार्वजनिक भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले मुलुकको वर्तमान आर्थिक संकट र चुनौतीको समाधान गर्नुपर्ने अवस्था भए पनि त्यसअनुरूप बजेट आउन नसकेको बताए ।

उनले विगतका सरकारले ल्याउने बजेट सुन्दा राम्रो भए पनि कार्यान्यनमा समस्या हुने गरेको भन्दै अहिलेको बजेट पनि कार्यान्वयनमा चुनौती रहेको बताए ।

उनले बजेट अनुदान र ऋणमा आधारित भएर आएकाले आशा गर्ने ठाउँ भएको बताए ।