विवेकशील साझा पार्टीद्वारा ११ विभाग गठन

0
Shares

काठमाडाैं । 

 विवेकशील साझा पार्टीले विभिन्न विभागहरु गठन गरी विभागीय प्रमुखहरु चयन गरेको छ। पार्टीको मुख्यालय बखुन्डोलमा आइतबार बसेको केन्द्रीय समिति बैठकले ११ वटा विभागका प्रमुखहरु चयन गरेको हो।

बैठकले प्रशिक्षण विभागको प्रमुखमा उपाध्यक्ष प्रकाशचन्द्र परियार, संगठन विभागको प्रमुखमा महासचिव रञ्जु दर्शना,नीति तथा कार्यक्रम विभाग प्रमुखमा उपाध्यक्ष मिलन पाण्डे, सदस्यता व्यवस्थापन विभाग प्रमुखमा उपाध्यक्ष बिमला अधिकारी घिमिरे, तथ्यांक तथा अनुसन्धान विभाग प्रमुखमा सचिव बिमल तामाङ, सूचना प्रविधि तथा सञ्चार विभाग प्रमुखमा पार्टी केन्द्रीय सदस्य सूर्यदीप रेग्मी, केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुखमा केन्द्रीय सदस्य नवराज थापा, वातावरण तथा सम्पदा विभाग प्रमुखमा केन्द्रीय सदस्य सुरज प्रधान, उद्यमशीलता तथा रोजगार विभाग प्रमुखमा केन्द्रीय सदस्य शिशिर बञ्जारा, अर्थ विभाग प्रमुखमा केन्द्रीय सदस्य निरञ्जन चापागाइँ र कृषि तथा सहकारी विभाग प्रमुखमा केन्द्रीय सदस्य धनेज थापालाई जिम्मेवारी दिने निर्णय गरेको छ।