रास्वपाद्वारा चौधरीलाई आममाफी दिने घोषणाको विरोध

0
Shares

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीले टीकापुर घटनामा सजाय भोगिरहेका रेशम चौधरीलाई सरकारले आममाफी दिने घोषणाको विरोध गरेको छ ।

रस्वपा प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै हिंसात्मक घटनामा दोषी ठहरी तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका पूर्व सांसद रेशम चौधरीलाई कैदबाट मुक्त गराउन सरकार नै योजनाबद्ध रूपमा लागिपरेको देखिएको उल्लेख गरेका छन् ।

जघन्य अपराधमा अपराधी ठहर भएका व्यक्तिलाई आममाफी दिने कानूनी व्यवस्थाको मर्म विपरीत हुने गरी उन्मुक्ति दिने कार्य गम्भीर मानवअधिकारको उल्लंघन समेत भएको रास्वपाले बताएको छ ।

‘निजलाई आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्था अनुकुल नरहेकाले सरकारलाई सचेत गराउन चाहन्छौं’, जारी विज्ञप्तिमा उल्लेख छ।