पोखरा महानगरका प्रहरी र कर्मचारीमाथि दुर्व्यवहार

0
Shares

पोखरा। 

पोखरा महानगरपालिकामा  रहेको फेवा ताल सिमसार क्षेत्रमा  माटो पुर्ने जस्तो  गैर कानुनी कार्यहरु गरेको ठाउँमा महानगरपालिकाका कर्मचारीमाथि  नै दुर्व्यवहार भएको छ । हिजो शनिवार  दिउँसो सादा पोसाकका महानगरपालिका प्रहरी र केही  कर्मचारीहरूमाथि  दुर्व्यवहार भएको थियो  ।

गोप्य सूचनाको आधारमा  पोखरा महानगरपालिकाका प्रहरी प्रमुख पुरशत्म थापा लगायतको  टोलीमाथि  केही  व्यक्तिबाट सञ्चालित  समूहले महानगरपालिकाका कर्मचारीहरूमाथि  दुर्व्यवहार र नियन्त्रण लिएर अपवाद फैलाएको घटना प्रति महानगरपालिकाको ध्यानाकर्षण गराएको छ।

फेवा ताल जस्तो पोखराको पर्यटकीय गहनामा गैरकानुनी गतिविधि जस्तै सिसार क्षेत्रमा माटो पुर्ने , मुहानमा विषादी युक्त सामाग्री प्रयोग गरी माछा मार्ने आदी कार्यहरु  गर्न कुनै व्यक्ति तथा संस्थाहरू छुट नरहेको पोखरा महानगरपालिकाका मेयरले बताउनुभयो। आउने दिनहरुमा सिमसार क्षेत्र पुर्ने जग्गाधनी, ठेकेदार  र सवारी चालकहरू कारबाही गर्न नीति तथा नियमका साथ कडा भन्दा कडा कारबाही हुने जनाउनु भयो।