जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

0
Shares

काठमाडौं । जनता समाजवादी पार्र्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बैठक आज (आइतबार) बस्ने भएको हो ।

आज बस्ने बैठकमा पार्टीको विधान अधिवेशन, समसामयिक राजनीति घटना र सरकारको नीति तथा कार्यक्रमबारे थप छलफल हुने प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताए ।

केन्द्रीय कार्यकारणीको बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।