रेशम चौधरीलाई आममाफी दिन सिफारिस

0
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको उक्त बैठकले सो निर्णय गरेको हो ।

बैठकले नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरषक चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

भोलि (सोमबार) गणतन्त्र दिवसका अवसरमा चौधरीलाई रिहाई गर्न सरकारले उक्त निर्णय गरेको हो । यस्तै बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ ।

यसअघि जेठ १२ मा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।