पोखरामा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको समीक्षा

संघीयता कार्यान्वयनमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको ठूलो योगदान

0
Shares

पोखरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले ठूलो योगदान पुर्याएको भन्दै सरोकारवालाले यस कार्यक्रमको अझै प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश सरकारको सहजीकरणमा आयोजित नेपाल सरकार, प्रदेश सरकार र विकास साझेदारहरु बीच भएको अन्तरसंवाद कार्यक्रममा सरोकारवालाले सो धारणा व्यक्त गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्करको अध्यक्षता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको व्यापक समीक्षा गर्दै कार्यक्रमले संघीयता कार्यान्वयन तथा प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गर्न उल्लेखनीय भुमिका निर्वाह गरेको निश्कर्ष निकालिएको थियो ।

कार्यक्रममा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको हालसम्मको प्रगति समीक्षा तथा कार्यक्रमको पुनरावलोकन÷पुनर्संरचना गर्न सम्बन्धित सरोकारवाला निकायबीच छलफल र पृष्ठपोषण संकलन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव लगायत अन्य जिम्मेवार अधिकारीहरु, गण्डकी प्रदेश सरकारका उच्च पदस्थ जिम्मेवार अधिकारीहरु, सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव, लगायत विकास साझेदार निकायका जिम्मेवार प्रतिनिधिहरुको महत्वपूर्ण सहभागिता धारणा राखेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता कार्यान्वयनमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले ठूलो योगदान पु¥याउँदै आइरहेकोले यसलाई आगामी दिनमा आवश्यकता अनुसार कार्यक्रमको बनौट केहि परिवर्तन गरी प्रभावकारी रुपमा निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेशको स्वास्थ्य तथा यातायात क्षेत्रको सेवा प्रवाहमा यस कार्यक्रमले भविष्यमा सहयोग पु¥याउनु पर्ने अनुरोध संगै कार्यक्रम कार्यान्वयन प्रक्रियामा लचकता ल्याउनु पर्ने सु्झाव दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले कार्यक्रमको आगामी कार्यदिशाका लागि एकदमै सकारात्मक सुझावहरु प्राप्त भएको र ती सुझावलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विकास साझेदार निकायका प्रतिनिधिहरु संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आयशानी एम. लाबे र परराष्ट्र, राष्ट्रमंडल तथा विकास कार्यालय संयुक्त अधिराज्यका सुशासन तथा राजनितिक सेवा÷टोलीनेता डा. एन्ड्रयू लङले कार्यक्रमको हालसम्मको प्रगतिको सन्दर्भसंगै आगामी बर्षको भावी कार्यदिशा तय गर्न यो कार्यक्रम नीकै प्रभावकारी हुने भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा सहभागी सबै महानुभावहरुलाई कार्यक्रम बारे प्रकाश पार्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराईले कार्यक्रम नीकै प्रभावकारी भएको र आगामी दिनमा अझै शसक्त बनाएर अघि बढाइने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा आयोजकतर्फबाट सोही मन्त्रालयका सहसचिव स्कीम श्रेष्ठद्वारा प्रदेश तथा “स्थानीय शासन सहयोग कार्यक्रमको संक्षिप्त प्रगति समिक्षा र संक्रमणकालीन वर्षका लागि कार्यक्रमको पुनसंरचना प्रक्रिया” सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव श्री रविलाल पन्थ, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव श्री नारायण प्रसाद शर्मा दुवाडी, गण्डकी प्रदेशका विभिन्न मन्त्रालय, आयोग र प्रतिष्ठानमा कार्यरत सचिवहरु÷जिम्मेवार अधिकारीहरुले कार्यक्रमको अवस्था र आगामी कार्यदिशामा आफ्ना तर्क सहितको कार्यक्रम पुनरावलोकन÷पुनर्संरचनाका लागि सुझाव र पृष्ठपोषण प्रदान गर्नुभएको थियो ।

गण्डकी प्रदेशमा स्वास्थ्य, यातायात, पूर्वाधार विकास, शिक्षा, कानुन निर्माण, जीविकोपार्जन, लैगिक समानता तथा सामाजिक समावेशीकरण, सेवा प्रवाहमा अनलाइन प्रणालीको विकास, उद्धमशीलता विकास, प्राविधिक टिमको क्षमता अभिबृद्धि जस्ता थुप्रै क्षेत्रलाई चुस्तदुरुस्त बनाउनको लागि यो कार्यक्रमले आगामी दिनहरुमा पहल गर्नुपर्ने र सम्बन्धित निकायहरुसँग व्यापक छलफल गरी कार्यक्रमलाई आवश्यकतानुसार परिमार्जनका साथ आगाडि बढ्नुपर्ने कुरामा अत्यन्तै सकारत्मक ढंगले पृष्ठपोषण प्राप्त भएको थियो ।