विश्व टेस्ट च्याम्पियनलाई १६ लाख डलर

0
Shares

लन्डन, (एजेन्सी) । विश्व टेस्ट च्याम्पियनसिप २०२१–२३ क्रिकेट प्रतियोगिताको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पुरस्कार राशी अनुसार विश्व टेस्ट च्याम्पियनसिपको विजेताले १६ लाख अमेरिकी डलर पाउने भएका हुन् । आईसीसीले च्याम्पियनसिपको फाइनल अघि पुरस्कार राशि सार्वजनिक गरेको हो । त्यस्तै, च्याम्पियनसिपको उपविजेताले आठ लाख अमेरिकी डलर पाउनेछ । त्यस्तै, टेस्ट च्याम्पियनसिपको शिर्ष नौ भित्र पर्ने राष्ट्रले समेत पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरी तेश्रो भएको दक्षिण अफ्रिकाले चार लाख ५० तथा चौंथो स्थानमा रहेको इंग्ल्याण्डले तीन लाख लाख ५० हजार डलर पाउनेछन् । पाँचौं भएको श्रीलंकाले दुई लाख प्राप्त गर्दा क्रमशः गर्दा छैठौंदेखि नवौं स्थानमा न्यूजील्याण्ड, पाकिस्तान, वेस्ट इडिज र बंगलादेशले समान एक लाख डलर प्राप्त गर्नेछन् । टेस्ट च्याम्पियनसिपको फाइनल खेल आगामी ७ जुनदेखि इङ्गल्याण्डको ओभल मैदानमा शुरु हुनेछ । फाइनलमा अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुनेछ ।