मिस नेपाल २०२३ को उपाधि प्रधानलाई

0
Shares

काठमाडौँ।

मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियाेगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।

उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिएकी छन् । प्रधान काठमाडौँकी हुन् ।

त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् ।

गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयाेजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।