ओलीलाई शर्माको जवाफ : शरणार्थी काण्डमा दोषी-निर्दोष छुट्याउन तपाईं न्यायाधीश होइन

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष र दोषी छानबिन गर्ने कुरा नेपाल प्रहरीले गर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले यो प्रकरणमा प्रहरीले दोषी र निर्दोष छुट्याउने बताए।

‘केपी शर्मा अ‍ोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउने प्रयास भइरहेको छ भन्नुभयो। को दोषी को निर्दोषी नेपाल प्रहरीले छानबिन गर्दैछ। यहाँबाट फैसला सुनाउनका लागि हामी न्यायाधीश होइनौं। कि अमुक कोही दोषी हुनुहुन्न निर्दोष हुनुहुन्छ। उहाँलाई फसाउन खोजिँदैछ भन्ने अभिव्यक्ति राखिने कुरामा विमति प्रकट गर्दछु। यो प्रकरणमा कोही आवेगमा आउनु जरुरी छैन,’ उनले भने।

महामन्त्री शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दा पनि समर्थन गरेर भ्रष्टाचार विरुद्धको अभियानमा सहयोग गर्ने बेला भएको बताए। उनले आफूहरूले भ्रष्टाचार मुछिएका नेपाली कांग्रेसका नेताहरूको पक्षमा कहिल्यै पनि नबोल्ने बताएका छन्।