मकवानपुरका दीना र जिकेशलाई स्वर्ण

0
Shares

हेटौंडा । मकवानपुरका दीना गोपाली र जिकेश सापकोटाले दोस्रो वागमती प्रदेश खेलकुदअन्तर्गत् एथलेटिक्स २ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

हेटौंडास्थित पिप्ले–क्याम्पा रंगशालामा भएको प्रतिस्पर्धामा मकवानपुरका स्प्रिन्टरद्वय दीनाले महिलामा र जिकेशले पुरुषमा स्वर्ण जितेका हुन् । उक्त दुरी पूरा गर्न दीनाले २९.३७ सेकेन्ड र जिकेशले २४.६० सेकेन्ड समय लगाए ।

महिलामा भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कांस्य पदक प्राप्त गरे । पुरुषतर्पm मकवानपुरकै सुजन राई र चितवनका शेखर उप्रेतीले कांस्य पदक जिते । महिला ८ सय मिटर दौडमा ललितपुरकी रजिना दुलालले सफलता प्राप्त गरिन् । उनले २ मिनेट ४० सेकेन्डमा दौड पूरा गरिन् ।

यस विधामा नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कांस्य पदक जिते । यस विधाको पुरुषमा चितवनका अृमत बोटले सफलता पाए । उनले उक्त दुरी २ मिनेट ८ सेकेन्डमा पूरा गरे । सिन्धुपाल्चोकका टीकाराम लोप्चन रजत र नुवाकोटका दिनेश राई कांस्य पदक जित्न सफल भए ।

५ हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिगमार सिंहले सफलता पाए । उनले १८ मिनेटमा ९ सेकेन्डमा दुरी पार गरे । काठमाडौंका धर्म महर्जन र सिन्धुपाल्चोकका विश्वराम कु“वरले क्रमशः रजत र कांस्य पदक जिते ।

यस विधाको महिलामा पनि सिन्धुपाल्चोककै निनु तामाङले स्वर्ण जित्दा २१ मिनेट ८ सेकेन्डमा पूरा गरिन् । दोलखाकी सोनु घतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कांस्य पदक जिते । महिला लङजम्पमा चितवनकी प्रनिशा महतोले स्वर्ण जितिन् । उनी ४.८३ मिटर पर उफ्रिन् ।

चितवनकै आशिका गुरुङले रजत र दोलखाकी रोजिना कार्कीले कांस्य पदक जिते । पुरुषको लङजम्पमा चितवनका सुजितकुमार महतोले स्वर्ण पदक जित्दा ६.३४ मिटर पर उफ्रिए । चितवनकै सुदीप महतोले रजत र दोलखाका सुदीप मिजारले कांस्य जिते ।

पुरुषको सटपुटमा चितवनका ललित राउतले १२.७८ मिटर पर फ्या“क्दै स्वर्ण पदक जिते । रामेछापका प्रचण्ड ढुंगेल रजत र चितवनका दीपेश महतो कांस्य पदक जित्न सफल भए । महिलाकै सटपुटमा चितवनकै अप्सरा श्रेष्ठले स्वर्ण जितिन् । उनले ८.८३ मिटर पर फ्या“किन् । सिन्धुलीकी प्रमिला माझीले रजत र रामेछापकी अनिता कार्कीले कांस्य पदक जिते ।