नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने प्रहरी निष्कर्ष

0
Shares

काठमाडौं। 

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरूलाई सङ्गठित ठगी र राज्यविरुद्धको कसुर मुद्दा चलाउन राय दिएको बताइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार मुद्दामा प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, काठमाडौंलाई बुझाएको हो ।

मुद्दा चलाउन राय दिइएका ३३ जनामध्ये ३० जनाको नामथर र ठेगाना खुलेको छ भने एक जनाको नाम खुलेको छ । अरु दुई जनाको भने नामथर र ठेगानासमेत खुलेको  छैन ।

अभियुक्तहरुबाट २७ करोड ८४ लाख ५० हजार ५०० रुपैयाँ बिगो माग दाबी गर्न राय दिइएको प्रहरीको भनाइ छ ।