जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

0
Shares

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा आध्यक्ष उपेन्द्र यादव सर्वसम्‍मतिबाट चयन भएका छन् ।

जसपा संसदीय दलको सोमबार बसेको बैठकले आध्यक्ष उपेन्द्र यादवलाई सर्वसम्मतिले संसदीय दलको नेताका रुपमा चयन गरेको उपेन्द्र यादवका प्रमुख शोकीय सचिव महेश चौरसियाले बताए ।

गत वैशाख १० गते भएको प्रतिनिसभा सदस्‍यको उप निर्वाचन यादव बारा-२ बाट सांसद जितेका थिए ।