बझाङ हिमपहिरोमा परी बेपत्ता भएकामध्ये २ महिलाको शव फेला, १ किशोरीको अवस्था अज्ञात

0
Shares

बझाङ । बझाङ सुर्मा गाउँपालिका–२ स्थित धानसेरी हिमपहिरोमा परि बेपत्ता भएका दुई जना महिलाको मृत शव फेला परेको छ ।

एक किशोरीको अवस्था अझैँ अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सुर्मा गाउँपालिका–३ की ४० वर्षीया रामकोइला बोहरा र जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया रमिता धामीको शव फेला परेको हो ।

उनीहरूको शव स्थानीयले फेला पारेको प्रहरीले जनाएको छ ।

हिमपहिरोमा बेपत्ता जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामीको अवस्था अझै अज्ञात छ ।