प्यूठानमा वन डढेलो : बस्तीमा पस्दा ११ घर जलेर नष्ट

0
Shares

प्यूठान । वनमा लागेको डढेलको बस्तीमा पस्दा ११ घर जलेर नष्ट भएका छन् ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पसेपछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो ।

सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भईसकेको छैन ।

यद्यपि, स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रण लिइएको छ । सो आगलागीवाट कति क्षति भयो ? त्यसको मूल्याङकन गर्ने कार्य भईरहेको जनाईएको छ ।