राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै

0
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दैछ ।  दिउँसो १ बस्ने बैठक बस्ने भएको हो ।

बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको थियो ।