अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

0
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज (सोमबार) बुझाइँदैछ ।

जिल्ला प्रहरी कार्यालयले केही दिनअघि पक्राउ परेकामाथि गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो ।

सो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिनादेखि जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ ।