यस्तो छ आज दिनभरको मौसम



काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

मंगलबार पनि देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै र मधेस प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्