कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ



रामेछाप ।

रामेछापको सुनापति ४ बेथानका च्याङ्वा भनिने विरासलाल तामाङलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

२०६० मंसिर ४ गते साविक बेथान गाविस ७ का रामशरण घिमिरे खत्रीलाई चौरीखोला नजिकै कुटपिट गरी हत्या गरी सुनकोशीमा फालेको जाहेरीका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो ।

घटनापछि फरार रहेका ६६ वर्षीय तामाङ घरमै छुकिछिपी बसेको अवस्थामा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्