भारतीय पर्यटकमाथि लुटपाट गरेको आरोपमा काठमाडौँबाट २ जना पक्राउ



काठमाडौँ ।

भारतीय पर्यटकहरुमाथि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका-४ सिम्ले घर भई हाल काठमाडौंको बालाजु माछा पोखरी बस्‍ने ३२ वर्षीय पदमबहादुर र कैलालीको धनगढी उपमहानगरपालिका-३ घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्‍ने ३३ वर्षीय पुरन भन्‍ने ओम प्रकाश ऐरी रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीलेकाठमाडौँ  सिंहदरबार दक्षिण गेटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत बानेश्वर पठाइएकोमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्‍याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्