काठे पुलबाट खसेर एक जना बेपत्ता



मुगु। 

काठे पुल तर्ने क्रममा खसेर एक जना बेपत्ता भएका छन् । मुगुम कार्मारोङ गाउँपालिका वडा न २ स्थित सिरानचौर नजिक रहेको मुगु कर्णाली नदिमा बनेको काठे पुल तर्ने क्रममा खसेर मुगु जिल्ला कार्मारोङ गाउँपालिका वडा न २ मुगु गाउँ बस्ने ४० वर्षका ठिल्ले तामाङ नदीमा खसेर बेपत्ता भएका हुन् ।

यार्सागुम्बा संकलन कर्तासँगै काठे पुल तर्ने क्रममा शुक्रबार संकलकर्ताको बाक्लो भिडका कारण तामाङ नदीमा खसेर बेपत्ता भएको बताइएको छ । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका ठिल्ले तामाङ यार्सागुम्बा संकलन समितिको सदस्य रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्