थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौं ।

नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९४४ जनाको नमूना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जना तथा एन्टीजेन विधिबाट १६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही समयमा १३ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्