सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने

0
Shares

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । आज (शुक्रबार) आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

हिजो (बिहीबार) प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै आज दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका थिए ।