चेतनको स्मृतिमा भक्कानिए कलाकर्मी



फिल्म निर्देशक, लेखक, गीतकार, साहित्यकार तथा संस्कृतिविद् चेतन कार्कीको प्रथम स्मृति दिवस सम्पन्न भएको छ।

मंगलबार चेतन कार्की स्मृति प्रतिष्ठानले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न फिल्मकर्मी एवम् साहित्यकर्मीको सहभागितामा स्मृति दिवस मनाएको हो। समारोहमा बोल्दै गायक तथा कार्यक्रमका प्रमुख अतिथि गणेश रसिकले चेतनले गरेका कामअनुरुप उनको मूल्यांकन हुन नसकेको बताए। २०२५ सालमा काठमाडौंमा संघर्ष गर्ने क्रममा उहाँका साथ पहिलो भेट भएको थियो। उहाँलाई शुरुमा उहाँको उपन्यास ढलेको गिलासमार्फत उपन्यासकारको रुपमा चिन्थें। पछि उहाँमा रहेको विभिन्न विधाको प्रतिभा नजिकबाट नियाल्ने मौका पाएँ। उहाँले जति पनि कामहरु गर्नुभयो, त्यसअनुरुप मूल्याकंन हुन सकेनु रसिकले सुनाए तत्कालीन सांस्कृतिक विभाग, शाही नेपाली चलचित्र संस्थान स्थापना हुने बेलामा निर्देशकको रुपमा उहाँको नाम आए पनि राजनीतिक खिचातानीका कारण उहाँ संधै पछि पर्नुभयो। सरकारी ओहोदा नपाउँदा प्रतिभाशाली व्यक्ति पनि पछाडि पर्दोरहेछ। तर, उहाँले पर्दँ पछाडि रहेर गर्नुभएको काम घरको गाह्रोको इद्माजस्तै छ। जसलाई सिमेन्ट र रङले छोपिएको हुन्छ। भत्किएपछि मात्र त्यसको महङ्कव देदिन्छ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा प्रतिष्ठानका उपाध्यक्ष मोहन निरौलाले चेतन आफूलगायत धेरै कलाकारको मार्ग निर्देशक रहेको सुनाउँदै आफू उनकै मार्ग निर्देशन र प्रोत्साहनमा कलाकारितामा अघि बढेको बताए। ञम अहिलेसम्म पनि चेतन दाइको अनुशासन र नीतिमा हिँडिरहेको छु।

प्रतिष्ठानका महासचिव तथा कार्यक्रम सञ्चालक मुरारी सिग्देलले चेतन एक प्रष्ट र खरो वक्ताका साथै सफा मन तथा व्यवहारका व्यक्तित्व रहेको भन्दै उनको व्यक्तित्वबारे चर्चा गरे।

प्रतिष्ठानकी संरक्षिका एवम् चेतनकी श्रीमती गंगा कार्कीले आफूलाई चेतन कार्कीले विज्ञान विषय पढाएकोले उनी आप्mनो गुरुसमेत भएको खुलाइन्। उहाँ एक देशभक्त हुनुहुन्थ्यो। उहाँ धर्म, भाषा, कला, संस्कृतिलगायत विधामा ज्ञान भएका राष्ट्रकै धरोहर हुनुहुन्थ्यो। कला र कलाकार कहिल्यै पनि मृत हुँदैन। त्यस कारण उहाँ नभए पनि उहाँको आत्माको रुपमा जीवित हुनुहुन्छ, उनले भनिन्। उनले चेतनको जन्मजयन्तीको अवसरमा आगामी कात्तिक २२ गते प्रतिष्ठानमार्फत कलाकारको सम्मानमा पुरस्कार प्रदान गर्ने घोषणासमेत गरिन्।

चेतनकी कान्छी नातिनी मदालासाश्री कार्की बाल्यकालदेखि आफूलाई चेतनले गर्ने गरेको स्नेह सम्झिदै भावविह्वल बन्न पुगिन्। म बुबाको निकै प्यारो नातिनी थिए। हामीलाई उहाँले निकै माया गर्नुहुन्थ्यो र सधंै हौसला दिनुहुन्थ्यो। आमाबुवा भन्दा पनि धेरै माया गर्ने उहाँ मेरो बेस्ट फ्रेन्ड हुनुहुन्थ्यो। तर, आज उहाँको स्मृति दिवसमा बोल्नुपर्दा निकै दुःखी छु, बोल्ने क्रममा उनी भक्कानिएपछि कार्यक्रमका सहभागीले आँशु झारेका थिए। अभिनेत्री वसुन्धरा भुसाल पनि चेतनका साथ २०२५ सालदेखि निरन्तर सामिप्यमा रहेको स्मरण गर्दै भावविह्वल बनिन्। चेतन दाइले सधैं हौसला दिनुहुन्थ्यो भने निकै माया गर्नुहुन्थ्यो। तर, मैले उहाँको साथ एउटा पनि फिल्ममा काम गर्ने मौका भने पाईनं। सधै छाता बोकेर हिँडने बानी थियो सबैलाई दुःख पर्दा साथ दिने र सबैको मलामी जानुहुने उहाँको कोरोनाबाट निधन भएपछि भने एक थुंगा फूल चढाउन पनि पाइएनु उनले भक्कानिँदै भनिन्।

मुक्तककार संघका अध्यक्ष्य रामकाजी कोनेले सिन्दूर फिल्मको सुटिङताका चेतनका साथ भएको सुरुवाती भेटको स्मरण गर्दै उनी एक राम्रो मुक्तककार भएको र मुक्तककार संघले चेतनको नामबाट पुरस्कार स्थापना गरेको बताए। उहाँले कहिल्यै पनि कुनै झण्डा बोक्नुभएन। उहाँ स्वाभिमानी व्यक्ति हुनुहुन्थ्यो। तर, के गर्नु मेरो स्वाभिमानलाई मानिसहरु अभिमान सम्झन्छन भन्ने गर्नुहुन्थ्यो, रामकाजीले सुनाए।

लोकगायक प्रेमराजा महतले आफू काठमाडौं आएपछि पहिलो गीत नै चेतन कार्कीले सिकाएको र आफूलाई राम्रा गीत गाउन दिएको स्मरण गर्दैै चेतनको शब्दमा आफूले गाएको सलल पानी यो जिन्दगानी बोलको गीत गाएर चेतनप्रति श्रद्धाञ्जलि यक्त गरे।

राजनीतिक विश्लेषक सुरेन्द्र केसीले चेतन कार्कीले आफ्नो प्रतिष्ठामा आँच आउने खालको कार्य कहिल्यै नगरेको बताए। मलाई कामना न्युज पब्लिकेसन्सका संस्थापक अध्यक्ष पुष्करलाल श्रेष्ठको छोराको विवाहमा निम्तो आएको थियो। त्यहाँ चेतन दाईलाई सम्पूर्ण कलाकारले ढोगेका थिए। म उहाँलाई कलाकारहरुले गरको सम्मान देखेर अचम्म परें सुरेन्द्रले सुनाए। कवि उषा शेरचनले चेतन फिल्म, गजल मुक्तकलगायत विभिन्न विधाका साथै उर्दू, हिन्दी, अंग्रेजीलगायत भाषाको ज्ञाता भएको चर्चा गर्दै राज्यबाट उचित सम्मान पाउन नसकेको चर्चा गरिन्। प्रतिष्ठानका सल्लाहकार तथा गीतकार उन्नति शिला बोहराले चेतन आफ्नो प्रेरणाको धरोहर रहेको जनाइन्। उहाँसँग संगत गर्न मन लागे पनि उहाँको कडा स्वभावको कारण उहाँको नजिक हुन पाइनँ। तर, उहाँको नाम, कृति र सिर्जनाले मलाई लेखन तथा सिर्जनामा सधैं आकर्षित गर्यो, बोहोराले भनिन्।

अभिनेत्री एवम् प्रतिष्ठानकी अध्यक्ष मिथिला शर्माले आफ्ना शिष्यलाई सिकाउनका निम्ती नृत्य नमस्कार सिर्जना गरेर चेतनको स्विकृति लिएको स्मरण गर्दै आफ्ना कुनै पनि कृति चेतनको स्विकृतिपछि मात्र अघि बढ्ने गरेको स्मरण गरिन्। अहिले पनि मैले कुनै काम गर्दैैछु भने पहिले उहाँलाई नै सम्झिन्छु। उहाँ आफ्नो लागि कहिल्यै आफू हुनु भएन, सधंै अरुका लागि बाँच्नुभयो। उहाँलाई सधंै कामकै बारेमा चिन्ता हुन्थ्योु अभिनेत्री शर्माले सुनाइन् ञआज पनि म कुनै काम सकेपछि आँखा चिम्म गरेर चेतन दाइलाई सम्झिछु। मैले सही काम गरें कि गरिन् भनेर उहाँको आत्मादेखि डर लाग्छ। किनभने मसँगै उहाँको पनि नाम जोडिएर आउँछ। म सँधै सम्बन्धित निकायले चेतन दाइलाई सम्बोधन गरेको खबर आउला कि भनेर पर्खिरहेको हुन्छु। कार्कीको गत २०७८ साल जेठ २ गते कोरोना संक्रमणबाट निधन भएको थियोे।

प्रतिक्रिया दिनुहोस्