नेपाली सेनाको उच्चस्तरीय टोली सगरमाथा शिखरमा

0
Shares

काठमाडौं । नेपाली सेनाको उच्चस्तरीय टोली सगरमाथा शिखरमा पुगेको छ । आज (सोमबार) सेनाको उक्त टोली संसारकै सर्वोच्च सगरमाथाको शिखरमा पुगेको हो ।

गाइड वाङ्छु शेर्पासहित लेफ्टिनेन्ट कर्नेल किशोर अधिकारीको उच्चस्तरीय टोली सगरमाथाको शिखरमा पुगेको छ । शिखरमा पुग्ने अभियानको नेतृत्व अधिकारीले गरेका थिए ।

उनीसहित क्याप्टेन विष्णुबल राई लगायत ६ जनाको टोलीले सगरमाथा शिखर आरोहण गरेको छ ।