कतारको पुलिसमा जागिर लगाइदिने भन्दै ६९ लाख ठगी गर्ने लिम्बु पक्राउ

0
Shares

काठमाडौँ।

कतारको पुलिसमा जागिर लगाइदिने भन्दै ६९ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ आठराई त्रिवेणी गा.पा. वडा नं. ४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १० थापागाउँ बस्ने ४९ बर्षीय रुद्र बहादुर लिम्बु रहेका छन् ।

उनले हरि बहादुर कार्की समेत १९ जनालाई वैदेशिक रोजगारीको लागि कतारमा पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति रु. ७,००,०००  लाख  लाग्छ,कतारमा पुगेपछि कतार पुलिसमा भर्ना गराईदिन्छु, मासिक. १ लाख भन्दा बढी तलव हुन्छ भनी प्रलोभनमा पारी नीज पीडितहरूबाट पटकपटक गरी जम्मा रु. ६९,००,००० लाख रकम लिई सम्पर्क विहीन भएकोले वैदेशिक रोजगार विभागबाट पत्रप्राप्त भएपछि कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले नीज लिम्बुको खोजतलास गर्ने क्रममा गत शुक्रबार राति का.जि.का.म.न.पा. वडा नं. ४ धुम्बराहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको प्रहरीले जनाएको छ।